संविधान निर्माणको नयाँ यात्रा सुरु
Admin / 2014-05-14 04:45:55
नेपाल व्युरो- वैशाख ३१ ,काठमाडौ । नयाँ संविधानसभामा रहने विषयवस्तुबारे संविधानसभामा भोलिदेखि छलफल सुरु हुने भएको छ ।
हिजोको बैठकमा संविधान अभिलेख तथा निक्र्यौल समितिका सभापति विष्णुप्रसाद पौडेलले समितिका दुईवटा छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्नुभएपछि संविधान निर्माणको नयाँ यात्रा सुरु भएको हो ।
हिजो तत्कालिन प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँड समितिको प्रतिवेदन र राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनको संविधानको प्रारम्भिक मस्यौदामा भएका सहमतिको निक्र्यौल सम्बन्धी प्रतिवेदन २०७१” र “तत्कालीन राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनमा भएको असहमतिको निक्र्यौल सम्बन्धी प्रतिवेदन २०७१” प्रस्तुत गरिएको छ ।
भोलिदखि दफाबार छलफल भएपछि सहमति भएका विषय मस्यौदा लेखनमा र असहमतिका विषय संवैधानिक राजनीतिक संम्वाद समितिमा पठाइने संसद सचिवलय स्रोतले जनाएको छ ।
संविधानसभाले आगामी असोज मसान्तसम्म संविधान निर्माण पूरा गरी कात्तिक मसान्तभित्र जनताबाट राय सुझाव लिने र माघ ८ गतेभित्र संविधान जारी गरिसक्ने नयाँ कार्यतालिका बनाइसकेको छ ।
सभामुख सुवास नेम्वाङले प्रतिवेदन प्रस्तुत भएपछि संविधान निर्माणको महत्वपूर्ण चरणमा प्रवेश गरको बताउनुभएको छ ।
प्रकाशित मिति: 2014-05-14 04:45:55
प्रतिक्रिया: