एसिसी अण्डर–१६ प्रिमियर लिग क्रिकेट मलेसियामा हुने
Admin / 2014-07-20 03:46:52
नेपाल ब्युरो– साउन ४, काठमाडौँ ।
आगामी साउन २८ देखि भदौ ५ सम्म मलेसियामा हुने एसिसी यु–१६ प्रिमियर लिग क्रिकेटमा नेपालले थाइल्यान्डसँग खेल्ने भएको छ ।
आयोजक एसियाली क्रिकेट परिषद एसिसीले हिजो सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल, थाइल्यान्डसँगै आयोजक राष्ट्र मलेसिया, ओमान, सिंगापुर र बहराइन समावेश छन् ।
नेपालले थाइल्यान्डसँग साउन २८ मा, ३० गते सिंगापुरसँग,त्यस्तै भदौ १ गते ओमानसँग, ३ गते बहराइन र ५ गते आयोजक मलेसियासँग खेल्नेछ । राउन्ड रोबिन खेलेपछि अंकका आधारमा प्रतियोगिताको विजेता छनौट गरिने छ ।
परिषदले यसअघि एसिसी यु–१६ इलिटको नाममा प्रतियोगिताको दुई संस्करण आयोजना गरेको थियो । सन् २०१० मा काठमाडौं र २०१२ मा मलेसियामै भएको प्रतियोगितामा नेपाल फाइनलमा पुगेको थियो ।
प्रकाशित मिति: 2014-07-20 03:46:52
प्रतिक्रिया: