एमाओवादीको स्थायी समिति बैठक आज बस्दै
Admin / 2014-07-20 03:05:33
नेपाल ब्युरो–साउन ४,काठमाडौँ।
केन्द्रीय तथा सल्लाहाकार परिषद् र विभिन्न विभागलाई पूर्णता दिनेबारे एकीकृत माओवादीको स्थायी समितिमा आज छलफल हुने भएको छ ।
केन्द्रीय तथा सल्लाहाकार परिषद् र विभिन्न विभागलाई पूर्णता दिनेबारे छलफल गर्न बैठक बस्न लागेको स्थायी समिति सदस्य अग्नी सापकोटाले जानकारी दिनुभयो ।
बैठक दिउँसो १ बजे कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
यसअघि बसेको स्थायी समिति बैठकले पार्टी भित्रको वैचारिक बहस व्यवस्थापनका लागि भन्दै अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा ६ सदस्यीय समिति र संगठनात्मक विवाद समाधानका लागि सचिव वर्षमान पुनको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।
त्यस्तै आजको बैठकमा सरकारले ल्याएको बजेटको समिक्षाका साथै पार्टीको रणनीतिका बारेमा पनि छलफल हुने एकीकृत माओवादीले जनाएको छ ।
प्रकाशित मिति: 2014-07-20 03:05:33
प्रतिक्रिया: