एमाले संसदिय दलको बैठक आज बस्दै
Admin / 2014-07-20 02:53:24
नेपाल ब्युरो– साउन ४, काठमाडौँ ।
संसद र संविधानसभा भित्र पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्दैछ ।
दिउँसो बस्ने बैठकमा संसद र संविधानसभा भित्र पार्टीले खेल्ने भूमिका र सरकारसँगको समुन्वयका विषयमा छलफल हुनेछ । हिजोको बैठकमा सभासदहरुले मन्त्रीहरुको आलोचना गरेका थिए ।
संविधानसभा भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको बैठकमा हिजो बोल्न बाँकी रहेका सभासदहरुले आज भनाई राख्नेछन् ।
बैठकमा बोल्ने सभासद्ले बजेटमा पार्टीको प्रभाव कम भएको, सरकारका कामकारबाही सुस्त रहेको आलोचना गरेका छन् । हिजो ऊर्जामन्त्री राधाकुमारी ज्ञवाली, कृषिमन्त्री हरिप्रसाद पराजुली, भूमिसुधार मन्त्री दलबहादुर रानाले आ–आफ्नो मन्त्रालयमा गरेको कार्यको प्रगति विवरण बैठकमा प्रस्तुत गरेको र आज अरु मन्त्रीले पनि भनाई राख्ने एमाले सभासद भरत साउदले जानकारी दिनुभयो ।
प्रकाशित मिति: 2014-07-20 02:53:24
प्रतिक्रिया: