एमालेमा को भन्दा को ठुलो बिवाद बढ्यो
Admin / 2014-07-19 21:45:32
काठमाडौं,साउन४–नवौं महाधिबेशन सकिएलगत्तै नेकपा (एमाले)मा नेताहरुको मर्यादाक्रमा कसी निर्धारण गर्ने भन्ने विवाद सुरु भएको छ ।
महाधिबेशनबाट चुनिएका पाँच उपाध्यक्षमध्ये पहिलो नम्बरमा को रहने भन्ने विवाद मुख्य बन्ने देखिएको छ । धेरै मत ल्याएकालाई पहिलो नम्बरमा राख्ने कि संगठनमा काम गरेका आधारमा बरीयता दिने भन्ने विषयमा नेताहरुका फरकफरक धारणा सार्वजनिक भइरहेका छन् । धेरै मत ल्याएका आधारमा वरीयता तोक्दा भिम रावल पर्छन् भने संगठनमा काम गरेको आधारमा बनाउँदा स्वाभाविक रुपमा बामदेव गौतम नै उपाध्यक्षको नम्बर एक मर्यादाक्रममा हुन्छन् ।
अहिले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर पार्टीमा पुर्याएको योगदानको आधारमा वरीयता निर्धारण हुनुपर्ने मत राखिरहेका छन् भने लोकप्रिय मतका आधारमा वरीयता तोक्नुपर्ने नेपाल पक्षको तर्क छ ।
नवौं महाधिबेशनमा रावलले १ हजार एक सय ४३ मत ल्याएका थिए भने गौतमको मत एक हजार १ सय ३८ थियो । आजको नागरिक दैनिकमा खबर छ । त्यस्तै अन्य पदाधिकारीमा पनि जुनियर सिनियरभन्दा बढी मत ल्याएर निर्वाचित भएपछि विवाद चर्किने देखिएको छ ।
प्रकाशित मिति: 2014-07-19 21:45:32
प्रतिक्रिया: