काठमाडौ, ४ साउन । एक महिलाले शनिबार पाटन अस्पतालमा नक्कली गर्भवती र सुत्केरी बनेको नाटक गरेर बबण्डर मच्चाएपछि पाटन अस्पताल दिनभरी नै अस्तव्यस्त बन्यो ।
त्यति मात्र होइन ती सुस्केरी महिलाकै कारण अस्पतालका डाक्टर, अस्पताल प्रशासन, पत्रकार र प्रहरीले समेत अनावश्यक झमेलाको सामना गर्नुप¥यो ।
स्थानीय विकास मन्त्रालयका इन्जिनियर पुण्यराम सुलुकी श्रीमति अविना श्रेष्ठ नाम गरेकी ती महिलाले गरेको नाटकका कारण सबैले यस्तो झमेलाको सामना गर्नुपरेको हो ।
ती महिलाले शनिबार बिहान साढे ५ बजे छोरो जन्मिएको र अस्पतालकी एक सिस्टरले तातो बनाउन लगेपछि फिर्ता नदिएको झुट्टो आरोपले दिनभरी नै अस्पताल क्षेत्र समेत अस्तव्यस्त बन्यो ।
पछि ती महिलाले नाटक गरेको रहस्य फेलापरेपछि मात्र अस्पतालका डाक्टर र प्रशासनले आनन्दको सास फेर्न सक्यो । सातजना डाक्टरले जाँच गर्दा पनि ती महिला गर्भवती भएको कुनै लक्षण नभेटिएपछि नाटक गरेको रहस्य पत्ता लागेको हो ।