निजी विद्यालयमा शुल्कवृद्धिबारे छानविन सुरु
Admin / 2014-05-14 04:36:17
नेपाल व्युरो- वैशाख ३१, काठमाडौ । मापदण्डविपरीत विद्यार्थीबाट आफूखुशी शुल्क लिने निजी (संस्थागत) विद्यालयबारे आजदेखि सरकारले अध्यन सुरु गर्ने भएको छ ।
आवश्यक छानविन गरी कारवाही गर्न शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन भएको छ । समितिले आजदेखि काम थाल्ने जनाएको छ ।
सर्वाेच्च अदालतले दिएको अन्तरिम आदेशविपरीत काठमाडौँ उपत्यकालगायतका निजी विद्यालयले मनोमानीरूपमा शुल्क वृद्धि गरेको गुनासो आएलगत्तै शिक्षा विभागमा महानिर्देशक डा.लवदेव अवस्थीको अध्यक्षतामा बसेको शुल्क निर्धारण केन्द्रीय समितिको बैठकले समिति गठन गरेको हो ।
छानविन समितिमा शिक्षा मन्त्रालयका प्रतिनिधि, निजी विद्यालय सञ्चालकका संस्था र अभिभावकहरूका संस्थाका प्रतिनिधि रहेका छन् ।
छानविन समितिले स्थलगत अनुमगन गरी कानुनविपरीतका शुल्क लिइएको पाइएमा तत्काल कारवाही गर्नेछ ।
प्रकाशित मिति: 2014-05-14 04:36:17
प्रतिक्रिया: