रक्तचन्दनको ठूलो परिमाण सहित ४ जना पक्राउ
Admin / 2014-07-19 04:18:48
नेपाल ब्युरो–साउन ३,काठमाडौँ ।
सिन्धुपाल्चोकमा रक्तचन्दनको ठूलो परिमाण सहित ४ जना पक्राउ परेका छन् ।
१ हजार ४६ किलोग्राम रक्तचन्दसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँबाट तोतोपानी जाँदै गरेका ना २ ख ३१५ र ना २ ख ५८६८ नम्बरको मोबाइल भ्यानमा चेकजाँच गर्दा उक्त परिमाणको रक्तचन्दन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रहरीका अनुसार ना २ ख ५८६८ नम्बरको भ्यानमा ८ सय ६० किलो र ना २ ख ३१५ नम्बरको भ्यानबाट एक सय ८६ किलो रक्तचन्दन बरामद गरिएको हो । रक्तचन्दनसँगै तातोपानीका ४ का फुर्वा तामाङ, लिस्थी ६ का छेवाङ लामा, लिस्थी १ का मिङयार शेर्पा, र दोर्जे शेर्पालाई पक्राउ गरिएको छ ।
प्रकाशित मिति: 2014-07-19 04:18:48
प्रतिक्रिया: