२७ क्रिकेटर एसीसी यू १६ प्रिमियर लिगका लागि उमेर परीक्षणमा पास
Admin / 2014-07-19 03:59:04
नेपाल ब्युरो–साउन ३, काठमाडौँ ।
नेपालका २७ क्रिकेटर एसीसी यू १६ प्रिमियर लिगका लागि एसीसीको उमेर परीक्षणमा पास भएका छन् ।
अगष्ट १५ देखि मलेशियामा हुने एसीसी अण्डर १६ प्रिमियर लिगका लागि नेपाल क्रिकेट संघ क्यानले ५९ जनाको बोन टेष्ट हड्डी परीक्षण रिपोर्ट एसियाली क्रिकेट काउन्सिलमा पठाएको थियो । उमेर परीक्षामा पास भएका खेलाडीहरुलाई साउन ७ देखि बन्द प्रशिक्षण शिविरमा बोलाइएको क्यानले जनाएको छ ।
उमेर परीक्षामा पास गर्नेहरुमा आसिफ शेख, सुसान्त सिंह थापा, विन कुमार सिंह, रवि कुमार साह, पवन शर्राफ, रिजन ढकाल, ईर्साद अन्सारी, सुनिल महर्जन, आशिष पोखरेल, जितेन्द्र सिंह ठकुरी, अनिल खरेल, प्रनित थापा, विजय चौधरी, साम्सुद्दिन अन्सारी र सुरज बोहरा रहेका छन।
आसिफ राष्ट्रिय टोलीबाट खेलिसकेका आरिफ शेखका भाइ हुन् । यस्तै अमित धामी, मदन पन्त, आयुष्मान बम, सुमन घिमिरे, सन्दिप गुरुङ, अमन पन्थी, रोशन अधिकारी, रवि चन्द, सुवोध ऐरे, रित गौत्तम, रविन्द्र जंग शाही र निरज पोखरेल रहेका छन् ।
प्रकाशित मिति: 2014-07-19 03:59:04
प्रतिक्रिया: