एमालेको पोलिटब्युरो र स्थायी कमिटी साउन २५ गते चयन हुने
Admin / 2014-07-19 03:09:36
नेपाल ब्युरो–साउन ३,काठमाडौँ।
आगामी श्रावण २५ गते नेकपा एमालेका पोलिटब्युरो र स्थायी कमिटी सदस्यहरु चयन हुने भएका छन् ।
हिजो पार्टी मुख्यालय बल्खुमा बसेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले २५ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकले पोलिटब्युरो र स्थायी कमिटीका सदस्य चयन गर्ने निर्णय गरेको हो ।
सोही बैठकले नेताहरुको मर्यादाक्रम निर्धारण गर्ने सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । एमालेमा अध्यक्षपछिको दोस्रो वरीयतामा क्रममा वरिष्ठ नेता तथा निवर्तमान अध्यक्ष झलनाथ खनाल र विगतका अभ्यासका आधारमा माधवकुमार नेपाल तेस्रो वरीयतामा रहने सम्भावना छ ।
एमालेमा कुल सदस्य संख्याको एक तिहाइ अर्थात झन्डै १८ जना स्थायी कमिटी सदस्य हुनेछन् । जसमा १५ जना निर्वाचित पदाधिकारी र एक जना कोषाध्यक्ष गरी १६ जना पदाधिकारी रहने छन भने दुई सदस्य केन्द्रीय कमिटिले चयन गर्नेछ ।
अध्यक्षमा पराजित नेता माधवकुमार नेपाल र केन्द्रीय सदस्य मुकुन्द न्यौपाने स्थायी कमिटीमा प्रमुख दाबेदार हुनुहुन्छ ।
प्रकाशित मिति: 2014-07-19 03:09:36
प्रतिक्रिया: