रातो किताव छाप्न नसक्दा संसद बैठक प्रभावित
Admin / 2014-07-19 02:44:09
नेपाल ब्युरो–साउन ३,काठमाडौँ ।
सरकारले जिल्ला अनुसार बजेटको विनियोजन गरेको रातो किताव छाप्न नसक्दा संसद बैठक प्रभावित भएको छ ।
सभासदहरुले विनियोजित बजेटको शीर्षक अनुसार छलफल गर्नुपर्ने भएकाले रातो किताव नछापिदा संसद बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
रातो किताव छापेपछि संसद बैठक बसेर फेरि बजेटका विषयमा छलफल हुनेछ । संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भदौको मध्यसम्ममा बजेट माथिको छलफल सकिने जानकारी दिनुभयो ।
सभासदहरुले यसअघिको छलफलमा बजेटलाई परिमार्जन गर्न माग गरेका छन् । अर्थमन्त्रालयका अनुसार रातो किताव छाप्न अझै एक हप्ता कुर्नुपर्नेछ ।
सभामुख सुवास नेम्वाङले विस्तृत छलफलका लागि भदौ ५ गतेसम्म अवधि निर्धारण गर्नुभएको छ । व्यवस्थापिका–संसदको अर्को बैठक यही साउन ८ गते ११ बजे बस्ने छ ।
प्रकाशित मिति: 2014-07-19 02:44:09
प्रतिक्रिया: