अधिकांस तरकारी खानयोग्य रहेको सरकारको दाबि
Admin / 2014-07-18 04:11:38
नेपाल ब्युरो–साउन २,काठमाडौँ ।
कालीमाटी तरकारी बजारमा रहेको अधिकांस तरकारी खानयोग्य रहेको सरकारले दाबी गरेको छ ।
कालीमाटी दु्रत विषादी परीक्षण ल्याव स्थापनापछि विभिन्न तरकारीको परीक्षण रिपोर्ट सार्वजनिक गर्दै वाली संरक्षण निर्देशनालयका प्रमुख डिल्लीराज शर्माले ४५ प्रतिशतभन्दा बढी विषादीको मात्रा भएको तरकारी तथा फलफूलमात्रै खान अयोग्य हुने बताउनुभयो ।
अन्तराष्ट्रिय मापदण्ड अनुसार ३५ प्रतिशतभन्दा कम विषादीयुक्त तरकारी तथा फलफुल खानयोग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत विषादीयुक्त तरकारी तथा फलफूल ४,५ दिन क्वारण्टिनमा राखी उपयोग गर्दा हानी नगर्ने पनि शर्माले जिकिर गर्नुभयो ।
त्यस्तो उपजलाई नष्ट गर्नुपर्ने र त्यसका लागि कार्यविधि कार्यान्वयन आएपछि बढी विषादीयुक्त उपज नष्ट गरिने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
प्रकाशित मिति: 2014-07-18 04:11:38
प्रतिक्रिया: