पेट्रोलियम पदार्थको समस्या तत्काल समाधान गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन
Admin / 2014-07-18 03:28:21
नेपाल ब्युरो–साउन २,काठमाडौँ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेट्रोलियम पदार्थको समस्या तत्काल समाधान गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।
कार्यालयमा हिजो बिहीबार भएको छलफलमा कार्यालयका सचिव शान्तराज सुवेदीले निगमको अमलेखगन्ज डिपो तथा अन्य सबै डिपोमा वैज्ञानिक मापन प्रणाली अवलम्बन गर्न र सो कार्यमा सहयोग गर्न निगमलाई समेत निर्देशन दिनुभएको छ ।
निगमले वितरण गरिरहेको पेट्रोलियम पदार्थ कम गुणस्तरको भएको, मापदण्डअनुसार बिक्री वितरण नभएको तथा उपभोक्ता चर्काे ठगीमा परिरहेको भन्ने गुनासो आएपछि कार्यालयले बिहीबार उपभोक्ता अधिकारकर्मी, आपूर्ति मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रलगायत निकायका पदाधिकारी बोलाएर समस्या समाधान गर्न निर्देशन दिएको हो ।
प्रकाशित मिति: 2014-07-18 03:28:21
प्रतिक्रिया: