मौद्रिक नीति आज सार्वजनिक हुदै
Admin / 2014-07-18 03:09:49
नेपाल ब्युरो–साउन २, काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा रहेको निक्षेपको केही अंश आफैंले खरिद गर्ने भएको छ ।
आज सार्वजनिक गर्न लागिएको नयाँ आर्थिक बर्षको मौद्रिक नीतिमा यस्तो व्यवस्था गर्न लागिएको डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
यो व्यवस्थापछि बैंकहरुले बोलकबोलका आधारमा तय हुने ब्याजमा मुद्दती खातामा रहेको निक्षेप निश्चित अबधिको लागि राष्ट्र बैंकमा राख्न सक्नेछन् । यस्तै अहिलेसम्म सरकारी ऋणपत्र मात्रै बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले तरलताको अवस्था हेरेर अब राष्ट्र बैंक ऋणपत्र जारी गर्ने अर्का नयाँ औजार पनि ल्याउँदैछ ।
तरलता ब्यवस्थापनको लागि ल्याउन लागिएको यी दुवै ब्यवस्था नेपालको मौद्रिक इतिहासमा पहिलो पटक प्रयोग हुन लागेको हो ।
प्रकाशित मिति: 2014-07-18 03:09:49
प्रतिक्रिया: