विश्व

मलेशियन बिमानः दुर्घटना कि आक्रमण?


Admin / 2014-07-18 02:48:34


मलेसियाका प्रधानमन्त्री नजिब राजकले युक्रेनमा मलेसियन एअरलाईन्समा भएको विमान दुर्घटनालाई एकदमै दुखदायी घटना भन्दै त्यसको वास्तविक कारण पता लगाउनुपर्ने बताएका छन्।

रुस समर्थक पृथकतावादीहरुले क्षेप्यास्त्र हानेर २ सय ९५ यात्रु सवार उक्त विमान खसालेको युक्रेनी आरोप रुसले खण्डन गरिरहँदा मलेसियाका प्रधानमन्त्री कुनै पनि हालतमा अनुसन्धान रोकिनु नहुने जिकिर गरे।

पृथकतावादीले रुसी अधिकारीहरुसँगको टेलिफोन वार्तामा विमान खसालेको स्वीकार गरेको रिकर्ड युक्रेनी अधिकारीहरुले सार्वजनिक गरेका छन्।

तर मस्कोले आफ्नो हवाइ क्षेत्रमा भएको दुर्घटनाको जिम्मेवारी युक्रेनले लिनुपर्ने भन्दै आरोपको प्रतिवाद गरेको छ।उक्त विमानमा सवार सबै २ सय ९५ यात्रुको ज्यान गएको अधिकारीहरुले बताएका छन्।

एक बर्षभित्र मलेसियन एअरलाइन्सले भोगेको यो दोस्रो दुर्घटना हो।यसअघि मलेसियाबाट चीन जाने क्रममा गएको मार्चमा वेपता भएको एमएच ३७० विमान अझै हराइरहेको छ।

मलेसियाका प्रधानमन्त्री नजिब रजाकले भने, “यो बर्ष नै दुखद रहेको मलेसियाको लागि यो अर्को पिडादायी दिन हो, हामीले के भयो भनेर बुझ्ने प्रयास गरिरहँदा हाम्रो प्रार्थना दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवार र साथी भाईप्रति छ।

अन्तर्राष्ट्रिय नागरिक उड्यन संघले सुरक्षित घोषणा गरेको रुटबाट उक्त विमान उडेको र उसले कुनै पनि जोखिमको सङ्केत नदिएको उनको भनाई थियो।प्रधानमन्त्री रजाकले भने, “यदि विमानलाई साँच्चिनै खसालिएको हो भने, हामी दोषीलाई कार्वाही होस भन्ने चाहन्छौ।युक्रेनी राष्ट्रपति पेत्रो पोरोशेन्कोले उक्त दुर्घटनालाई आतंकवादी गतिविधि भनेका छन्।

पृथकतावादी नेता एलेक्सान्डर बोरादिले युक्रेनी सरकारले विमान खसालेको आरोप लगाएका छन्।

उक्त दुर्घटनाबारे छलफल गर्न ब्रिटेनको पहलमा सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइएको छ।

रुसी राष्ट्रपति भ्लादीमिर पुटिनले मलेसियन एअरलाइन्सको विमान खसालिनुमा युक्रेन जिम्मेवार रहेको बताएका छन्।

उनले भने, “उक्त भूमिमा शान्ति भएको भए वा कम्तीमा दक्षिण पूर्वी युक्रेनमा द्वन्द्व पुन: सुरु नभएको भए यो दुखद घटना हुने थिएन्, निश्चित रुपमा जुन देशको भूभागमा यो गतिविधि भयो उसले नै यो भयावह त्रासदिको जिम्मेवारी लिनुपर्छ।

अत्याधुनिक क्षेप्यास्त्रबाट विमान खसालिएको अमेरिकी ठम्याइ छ

वासिङगटनमा अमेरिकी उपराष्ट्रपति जो वाइडनले उक्त विमानलाई आकाशमा नै विस्फोटन गराइएको भन्दै उक्त क्षति दुर्घटना नभएको बताए।

एकजना अमेरिकी गुप्तचर अधिकारीले ३० हजार फिटको उचाइमा उडिरहेको उक्त विमानलाई काँधमा बोकेर मार हान्ने हतियारबाट नभइ भुईंबाट आकाशमा मार हान्न सक्ने अत्याधुनिक क्षेप्यास्त्रबाट खसाइएको हुनसक्ने बताए।

युक्रेनले रुसले पृथकतावादीहरुलाई आधुनिक क्षेप्यास्त्र उपलब्ध गराएको आरोप लगाउदैँ आएको छ।

बिहिबार युक्रेनी अधिकारीहरुले रुसले आफ्नो विमानस्थलमा रोकेर राखिएको एउटा जेटमाथी आक्रमण गरेको आरोप लगाएको थियो।

मृत्यु हुनेमा १ सय ५४ डच नागरिक, २७ अष्ट्रेलियाली, १५ चालकदलका सदस्य सहित ४३ मलेसियाली, १२ इन्डोनेसियाली र नौजना ब्रिटिस नागरिक छन्।

अरु यात्रुहरु जर्मनी, बेल्जियम, फिलिपिन्स र क्यानाडाका छन् र अरु ४१ जनाको नागरिकता खुल्न सकेको छैन्।

प्रकाशित मिति: 2014-07-18 02:48:34
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing