‘केटाको कमाइ खान नपरोस्, केटाको भनाइ पनि खान नपरोस् ।’गायिका ईन्दिरा जोशी
Admin / 2014-07-17 19:18:20
काठमाडौं, श्रावण १ । ‘रातो घाँघरा’, ‘उध्रेको चोली’ लगायत जस्ता चर्चित गीतका गायिका इन्दिरा जोशीले आफूलाई माया गर्ने र बुझ्ने ‘जीवनसाथी’को खोजीमा रहेको बताएकी छन् । गायिका जोशीले आफू आफ्नै खुट्टामा उभिन चाहेको भन्दै माया गर्ने र बुझ्ने केटाको खोजीमा रहेको खोलेकी हुन् ।
इमेज च्यानलबाट प्रशारण हुने एउटा कार्यक्रममा अन्तर्वार्ताको क्रममा उनले सो कुरा बताएकी हुन् ।
‘हामी आफ्नै खुट्टामा उभिन चाहन्छौं, आफ्नै बैंक ब्यालेन्स होस्, आफ्नै पैसा खर्च गरौं ।’–अन्तरंग कुराकानीका क्रममा गायिका जोशीले ठट्यौली शैलीमा भनिन्–‘केटाको कमाइ खान नपरोस्, केटाको भनाइ पनि खान नपरोस् ।’
यद्यपि, उनले अहिले नै आफूले विवाहको बारेमा भने केही नसोचेको भन्दै ३० वर्ष उमेर काटेपछि भने घर–परिवारबाट पनि विवाहको लागि प्रस्ताव आउनसक्ने खुलाइन् ।
प्रकाशित मिति: 2014-07-17 19:18:20
प्रतिक्रिया: