फिफा वरियताक्रममा नेपाल १ सय ६४ औँ स्थानमा यथावत
Admin / 2014-07-17 08:49:28
नेपाल ब्युरो–साउन १,काठमाडौँ ।
विश्व फुटवल महासंघ फिफा वरियताक्रममा नेपाल १ सय ६४ औ स्थानमा यथावत रहेको छ ।
फिफाले हिजो सार्वजनिक गरेको नयाँ वरियता क्रम अनुसार १ सय २० अंक प्राप्त गर्दै नेपाल १ सय ६४ औ स्थानमा यथावत रहेको हो । विश्वकप विजेता जर्मनी फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको छ।
ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको जर्मनी १७ सय २४ अंकका साथ शीर्ष स्थानमा पुगेको हो । यसअघि दोस्रो स्थानमा थियो ।
उपविजेता अर्जेन्टिना दोस्रो स्थानमा छ भने नेदरल्याण्ड तेस्रो स्थानमा छ । डच टोली १२ स्थानमाथि उक्लिएको हो । कोलम्बिया चौथो, बेल्जियम पाँचौं र उरुग्वे छैटौं स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको विश्वपकमा सेमिफाइनल पुगेपनि ब्राजिल चार स्थान तल झर्दै सातौं स्थानमा आइपुगेको छ ।
समूह चरणबाटै बाहिरिएको स्पेन सात स्थान तल झरेर आठौं स्थानमा छ । यसअघि लगातार चार वर्ष स्पेनले शीर्ष स्थान ओगटेको थियो ।
सार्क मुलुकमा अफगानिस्तान शीर्ष स्थानमा छ । २ सय १७ अंक पाएको अफगान एक स्थानमाथि उक्लिएर १२९ औं स्थानमा पुगेको छ । नेपाल १६४ औं स्थानमा कायमै छ । नेपाल्ऽले १०२ अंक पाएको छ ।
माल्दिभ्स १ सय ४५ औं स्थानमा छ । माल्दिभ्स दुई स्थानमाथि उक्लिएको हो । भारत तीन स्थानमाथि उक्लिएको छ १४४ अंकका साथ १५१ औं स्थानमा छ । बंगलादेश चार स्थानमाथि उक्लिएर १६३ औं स्थानमा छ । पाकिस्तान एक स्थान तल झरेर १६५ औं स्थानमा पुगेको छ । श्रीलंका १७८ औं स्थानमा छ भने भुटान पुछारमा छ ।
प्रकाशित मिति: 2014-07-17 08:49:28
प्रतिक्रिया: