संसदबाट पेश्की बजेट पारित
Admin / 2014-07-17 03:44:15
नेपाल ब्युरो–साउन १, काठमाडौँ ।
नयाँ आर्थिक वर्षका लागि संसदबाट पेश्की बजेट पारित गरिएको छ ।
एकीकृत माओवादी र मधेसी दलहरुले दर्जन बढी माग राख्दै संसद अवरोध गर्ने तयारी गरेपछि हिजो साँझ ढिला गरी पेश्की बजेट पारित भएको हो ।
माओवादी र मधेसी दलहरुले दर्जन बढी माग बजेटमा समावेश गर्न माग गर्दै पेश्की पारित गर्न अवरोध गरेका थिए । अर्थमन्त्री डा. रामशरण महतले विपक्षी दलहरुका माग सकेसम्म सम्बोधन गर्ने आश्वासन दिएपछि विपक्षीहरु पेश्की बजेट पारित गर्न दिन सहमत भएका थिए ।
एमाओवादीले संघीयताको आधार तयार पारेर बजेट ल्याउनु पर्ने, सशस्त्र द्धन्द्धका क्रममा सहिद परिवार र बेपत्ता परिवारलाई दुई / दुई लाख दिनुपर्ने लगायतका माग राखेको थियो ।
यस्तै, मधेसी दलहरुले भने हुलाकी मार्ग तीन वर्षमा पूरा गर्नेगरी बजेट विनियोजन गर्नुपर्ने माग राखेका थिए ।
प्रकाशित मिति: 2014-07-17 03:44:15
प्रतिक्रिया: