अदालतको अपहेलना सम्बन्धी विधेयक फिर्ता लिने सरकारको तयारी
Admin / 2014-07-17 03:25:33
नेपाल ब्युरो–साउन १, काठमाडौँ।
संसदमा दर्ता भएको अदालतको अपहेलना सम्बन्धी विधेयकमा व्यवापक विरोध भएपछि सरकारले यो विधेयक फिर्ता लिने तयारी गरेको छ ।
सो विधेयकले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने भन्दै विरोध भएपछि सरकार पछि हट्न लागेको हो । अदालतको अपहेलना सम्बन्धी विधेयक नहुँदा अदालतको फैसला कार्यान्वयन र निष्पक्ष ढंगबाट न्याय सम्पादनमा अप्ठ्याराहरू आएको भन्दै विधेयक कानुन बनाउन सरकारलाई दबाब परेको थियो ।
पछिल्लो पटक कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले उक्त विधेयक संसद्मा दर्ता गराएका थिए । विधेयकको दफा ४ को ‘ख’ अपहेलना भएको मानिने विषयहरूमध्ये ‘अदालतमा विचाराधीन रहेको मुद्दाको काम कारबाही वा निर्णयमा अनुचित प्रभाव पार्ने, अदालतप्रतिको जनआस्थामा आँच पुर्याउने, अदालतको न्यायिक काम कारबाहीप्रति सर्वसाधारणमा भ्रम उत्पन्न गराउने वा त्यस्तै प्रकृतिका भ्रमपूर्ण वा झुट्टा विवरण प्रकाशन गर्ने तथा विचार अभिव्यक्त गर्ने’ बुँदा संविधानको व्यवस्थाविपरीत भएको भन्दै पत्रकार महासंघ लगायतका संस्थाहरूले विरोध गरेका थिए ।
त्यस्तै सो विधेयक दफा ८ मा भएको ‘पर्चा खडा गरी कारबाही चलाउने’ भन्ने व्यवस्थामा पनि सरोकारवालाहरूले आपत्ति जनाएका छन ।
प्रकाशित मिति: 2014-07-17 03:25:33
प्रतिक्रिया: