हिमाल भट्टराई
टोक्यो,जापान।
जापान सरकारले न्युन आय भएकाहरुलाई राहत स्वरुप
रकम उपलब्ध गराउने भएको छ।सरकारले उपभोक्ता कर बढाएर ८ प्रतिशत बनाएको प्रसंगले
न्युन आय भएकाहरुलाई तत्काल केही असहत परिस्थितिको सृजना हुन सक्ने भन्दै केही
राहत स्वरुप बिशेष कल्याणकारी कोष अन्तर्गत सहयोग बितरण गर्न लागेको हो। आफ्नो
आयमा कर नलागेका अर्थात हिकाजेई भएकाहरुलाई प्रतिब्यक्ति १ मान ऐन बितरण गर्ने
जनाएको छ। भने बच्चा भएर कोदोमो ते आते सहयोग पाईरहेको परिवारको बच्चालाई पनि
प्रति बाल बालिका १ मान ऐन बितरण गर्ने जनाएको छ।
आफु बसोबास गर्ने वार्ड कार्यलयबाट फाराम प्राप्त
भएपछि फारम भरेर त्यसमा रहेको खाममा हालेर पठाउनु पर्नेछ। नेपालीहरुले पनि आफ्नो रजिडेन्स
कार्डको फोटोकपि र रकम जम्मा गर्न आफ्नो बैकको खाता नम्बर सहितको बिबरण लेखेर वार्ड
कार्यलयमा पठाएमा सो सुबिधा प्राप्त गर्न सकिने छ।