आईपीएलमा आज पनि दुई खेल हुँदै
Admin / 2014-05-14 02:01:37
नेपाल व्यूरो - वैशाख ३१, एजेन्सी । इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुने भएको छ ।
आजको पहिलो खेलमा हैदरावाद र पञ्जावबीच प्रतिष्पर्धा हुने भएको छ । त्यसैगरी आजै हुने दास्रो खेलमा कोलकत्ता र मुम्बईबीच प्रतिष्पर्धा हुनेछ ।
यसअघि गएराती सपन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली डेयर डेभिल्सलाई १६ रनले हराएको छ । एम चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङग गरेको बेंगलोरले पुरै २० ओभर खेलेर ४ विकेट गुमाउदै १ सय ८६ रन बनाएको थियो । बैंगलोरका युवराज सिंहले नटआउट ६८ रन बनाए ।
१ सय ८७ रनको लक्ष्य पच्छयाएको दिल्लीले पुरै २० ओभर खेल्दै ७ विकेटको क्षेतिमा १ सय ७० रन मात्र बनाउन सक्यो । दिल्लीका जेपी डुमिनीले सर्वाधिक ४८ रन बनाए ।
जितपछि बेंगलोर ८ अंकसहित अंक तालिकामा एक स्थान माथि छैंटौं स्थानमा उक्लिएको छ । दिल्ली भने ४ अंकसहित पुछारमा छ ।
हिजो नै भएको अर्को खेलमा राजस्थान रोयल्सलाई पाच विकेटले हराउदै चेन्नई सुपर किंग्स १६ अंकका साथ तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
प्रकाशित मिति: 2014-05-14 02:01:37
प्रतिक्रिया: