नेपाल फेष्टिबलको तयारी तिब्र गतिमा, स्टल बुकिङ्ग धमाधम
Admin / 2014-07-15 00:24:20
टोक्यो,जापान ।
आगामी सेम्टेम्बरमा हुन गैरहेको नेपाल फेष्टिबलकको तयारी तिब्र गतिमा भैरहेको आयोजक सस्था एन आर एन जापानले जनाएको छ । पोस्टर,पम्प्लेट र होमपेजको काम अन्तिम चरणमा पुगेको छ' प्रचार प्रसार समितिका संयोजक नारायणी आचार्यले बताए ।
फेस्टिबलको स्टलहरुको बुकिङ्ग कार्य पनि तिब्र रुपमा भैरहेको जनाईएको छ । स्टलहरुको संख्या थोरै मात्र भएकोले स्टल राख्न इच्छुक ब्यबसायी वा व्यक्तिहरुले चाडै सम्पर्क राखेमा मात्र स्टल पाउने स्टल ब्यबस्थापन हेरिरहेका नरबहादुर थापाले बताए ।
नेपाल फेष्टिबलको तयारीका लागि तिब्र रुपमा जुटेको आयोजक समितिले ब्यवसायीहरुले आफ़्ना सेवा तथा उत्पादनलाई विक्रि तथा प्रचारप्रसार गर्नका लागि स्टल राख्न चाहने महानुभावहरुलाई स्टलहरु सिमित संख्यामा भएको र बुकिङ्ग कार्य तिब्ररुपमा भैरहेकोले ढिला नगरी समयमै बुकिङ्ग गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको हो | त्यस्तै यो वर्षदेखि नेपाल फेष्टिवल नेपाल र नेपालीलाई चिनाउने दिशामा केन्द्रीत हुन सकोस् भन्ने हेतुले कार्यक्रम तथा प्रस्तुतीहरु विदेशी नागरिकमा लक्षित हुने गरि मञ्चका साँगीतिक तथा अन्य प्रस्तुतीहरुमा नेपाली कला कौशल र चिनारीजन्य सामाग्रीमा बिशेष ध्यान दिई सोहि अनुरुपको तयारीमा जुटेको नेपाल फेस्टिबलकी संयोजक युको ओकामोतो मल्लले बताउनु भएको छ |
एनआरएन जापान मुख्य आयोजना र जापानमा रहेका विभिन्न संघसंस्थाहरुको सहकार्यमा आगामी सेप्टेम्वर २० र २१ मा टोकियोको उएनो पार्कमा हुन गैरहेको दुई दिवसीय नेपाल फेष्टिवलको स्टलहरुको बुकिङ्ग यहि जुलाई १ बाट खुल्ला गरिएको थियो |
प्रकाशित मिति: 2014-07-15 00:24:20
प्रतिक्रिया: