बिक्यु मोबाइल नेपाली बजारमा
Admin / 2014-05-13 22:29:17
नेपाल व्युरो-वैशाख ३१,काठमाडौ ।
होराइजन इन्टरप्राइजेजले बि क्यु मोबाइल बजारमा ल्याएको छ ।
बेला इन्टरनेशनलले बजारमा बिक्री बितरण गर्ने बि क्यु मोबाइलका मोडलहरुमा स्मार्टफोन तर्फ एस ३७ र एस ६० रहेका छन् भने बार फोन तर्फ के२२,के १२,के १५,के २६, के२९, के६०, के५० रहेका छन् । हङकङ,भारत,अफ्रिका र नेपालबाट आफ्नो बिक्री सुरु गरेको बि क्युले निकट भबिष्यमानै अन्य देशहरुमा पनि कारोबार सुरु गर्ने तयारी गरिरहेको होराइजनका सेल्स मेनेजर एलबि राउतले बताए ।
बिक्यु मोबाइलको स्मार्ट फोन एस ३७ ले नेपाली मार्केटको अग्रस्थान हात पार्ने कम्पनीले दाबी गरेको छ । सबैभन्दा सस्तो मुल्यको थ्रिजी स्मार्टफोन मानिएको यो फोन ३.५ इन्च डिस्प्ले, थ्रिजी नेटवर्क,डयुअल सिम, १.२ गिगाहर्र्ज डुवल कोर प्रोसेसर, दुइवटा क्यामेरा,वाइफाइ,फ्लास लाइट रहेको छ भने यो फोनमा ४.२.२ जेलीबिन एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको छ । १८ सय एमएएच ब्याट्री क्षमता रहेको यो फोनको मुल्य ६ हजार ९ सय ९९ तोकिएको छ ।
यसैगरि अर्को स्मार्ट फोन एस ६० मा ८ मेगा पिक्सलको ब्याक क्यामेरा रहेको छ भने २ मेगा पिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । ५ इन्च क्युएचडि आइपिएस टच सिस्टम रहेको छ । ४.२.२ जेलिबिन एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको यो स्मार्टफोनमा १.२ क्वाट कोर प्रोसेसर रहेको छ ।
प्रतिमहिना ३० लाख पिसिबिए उत्पादन क्षमता रहेको यो कम्पनीले सस्तो ३ जी स्मार्टफोनको बिक्रीले नेपालमा आफ्नो पकड जमाउने बिस्वास लिएको छ ।
चीनको नं १ पिसिबिए ( मदरबोर्ड ) उत्पादक कम्पनी बि क्युले दर्जन बढि प्रतिष्ठित मोबाइल कम्पनीहरुका लागि मदरबोर्ड र ओडिएम तयार गर्दै आएको छ । सेन्जेन र साँघाइमा ५ वटा रिसर्च सेन्टर डेभलपमेन्ट सेन्टर खोलेको बिक्युले २००६ बाट आफ्नो उत्पादन सुरु गरेको हो ।
प्रकाशित मिति: 2014-05-13 22:29:17
प्रतिक्रिया: