१३ जुलाइ, काठमान्डु ।
जापानमा क्रियाशील बिभिन्न नेपाली संघ संस्थाले
शनिबार बिहान काठमांडूमा बृक्षारोपण गरेका छन ।राजधानीबाट नजिकै रहेको चोभार -१० मा
स्थानीय जनतासंगको सहकार्यमा एनआरएन जापान, विफरअल
जापान, एनआरएन यूथ जापान र नमस्ते नेपाल एसोसियसन
जापानले बृक्षारोपण कार्यक्रम गरेको हो।
चोभारको आदिनाथ माध्यमिक बिद्यालय र यसको आसपासको क्षेत्रमा गरिएको बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि तथा शहरी बिकास मन्त्री डा. नारायण खडकाले बिरुवा रोपी उद्घाटन गर्नु भएको थियो ।एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको बिशेष अतिथ्यता रहेको सो कार्यक्रममा सभासद राजेन्द्र केसी, सहरी बिकास सचिब किसोर थापा, नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष प्रदीपजंग पाण्डे, एनआरएन जापानका पूर्ब अध्यक्ष ओम गुरुंग, किरण थापा, नमस्ते नेपाल एसोसियसन जापानका अध्यक्ष युकियो ताकानो लागाएतको उपश्चिती थियो ।
कार्यक्रममा बोल्दै बिकास मन्त्री खडकाले
बाताबरण हरियाली कायम राख्न सके मात्र देशको बिकास भएको ठहरिने भन्दै भौतिक प्रगति
जति गरे पनी बाताबरण स्वच्छ नरहे त्यसको कुनै अर्थ नरहने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका संस्थापक
अध्यक्ष डा.उपेन्द्र महतोले नेपाली ईमानदार, मेहनती
भएर पनि आर्थिक स्तर कमजोर भएको र यस लाई सुधार गर्न अझै केही समय लाग्ने भन्दै सबैले
सूतेर हैन उठेर सपना देख्न आग्रह गरे । उनले भने- सुन्दर र शान्त नेपाल निर्माण गर्न
बाताबरण सम्बन्धी यस्ता कामहरुलाई पनि जारी राख्नु पर्छ ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका
अध्यक्ष प्रदीपजंग पाण्डेले अब आर्थिक समृदी संगसंगै बाताबरण पनि जोगाउनु पर्ने धारणा
राखे ।
कार्यक्रममा कार्यक्रम संयोजक किरण थापाले
नेपालीहरु कुरामा भन्दा काम र ब्यबहारमा समृद हुनु पर्नेमा जोड़ दिएका थिए ।
तस्बिर साभारःटोक्योनेपाल डट कम