नेपालको व्यापार घाटा ५ खर्ब ६७ अर्ब १७ करोड पुग्यो
Admin / 2014-07-13 05:08:03
नेपाल ब्युरो–असार २९,काठमाडौँ ।
चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा नेपालको व्यापार घाटा ५ खर्ब ६७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
जुन घाटा अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ दशमलब ९ प्रतिशतले बढी हो । अधिकांश प्रमुख वस्तुहरुको आयात उच्च दरले बृद्धि भएपछि व्यापार घाटा बढेको हो ।
यस अवधिमा कुल वस्तु आयात १७ दशमलब २ प्रतिशतले बढेर ८१ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ भने निर्यात १८ दशमलब ७ प्रतिशतले बढेर ६ खर्ब ४८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि प्रमुख रहेका छन ।
प्रकाशित मिति: 2014-07-13 05:08:03
प्रतिक्रिया: