ब्राजिलको लगातर दोश्रो हार, नेदरल्यान्ड तेस्रो
एजेन्सीहरु / 2014-07-13 00:02:12
ब्रासलिया- जर्मनीसँग ७-१ गोलले पराजित आयोजक ब्राजिलले अर्को हार ब्यवहोरेको छ। तेस्रो स्थानको लागि आइतबार बिहान भएको खेलमा ब्राजिल नेदरल्यान्ड्ससँग ३-० गोलले पराजित भएको हो। जर्मनीसँग नराम्रो पराजय भोगेको ब्राजिलले नेदरल्यान्ड्सविरुद्ध सुखद जित चाहे पनि उसको सपना पूरा भएन। ब्राजिलले घरेलु मैदानमै लगादार दोस्रो नमिठो पराजय भोगेको हो।
खेलको तेस्रो मिनेटमै गोल गर्दै नेदरल्यान्ड्सले अग्रता लिएको थियो। कप्तान सिल्भाले आर्जेन रोबिनलाई डिबक्सभित्र लडाएपछि नेदरल्यान्ड्सले पेनाल्टी पाएको थियो। डच क्यापेटन रोबिन भान पर्सीले पेनाल्टी किकलाई गोलमा परिणत गरेका थिए। २०१४ विश्वकपमा उनको यो चौथो गोल हो।
नेदरल्यान्ड्सले १६औं मिनेटमा ब्लिडले अर्को गोल गर्दै ब्राजिलविरुद्ध २-० गोलको अग्रता पायो। अन्तिम समयमा विनाल्डनले अर्को गोल थप्दै नेदरल्यान्ड्सलाई तेस्रो स्थान पक्का गरेका थिए। आयोजक ब्राजिललाई भने चौथो स्थानमा चित्त बुझाउन पर्योर। नेदरल्यान्ड्ससँगको खेलमा स्ट्राइकर नेइमार पनि उपस्थित थिए। कोलम्बियासँगको खेलमा ढाँडमा चोट लागेपछि उनले बाँकी खेल गुमाएका थिए।
विश्वकपको फाइनल खेल सोमबार बिहान अर्जेन्टिना र जर्मनीबीच हुनेछ।
प्रकाशित मिति: 2014-07-13 00:02:12
प्रतिक्रिया: