एमालेको निर्वाचनको मतगणना भोलिमात्र हुने
Admin / 2014-07-12 08:05:22
नेपाल ब्युरो–असार २८,काठमाडौँ ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना भोलिमात्र हुने भएको छ ।
आज गर्ने तयारी गरिएको भएपनि अन्तिममा आएर भोलि आइतबारका लागि सारिएको हो । भोलि विहान ८ बजेबाट मतगणना सुरु हुनेछ । अध्यक्षका प्रत्यासि केपी शर्मा ओली र माधव कुमार नेपाल दुबै पक्षको समझदारीमा मतगणना सारिएको हो ।
सर्वोच्च बारको चुनाव, निर्वाचन आयोगका कार्मचारी तालिममा भएको र नेताहरु छलफलमा रहेकाले मतगणना नर्वाचन सारिएको एमालेको निर्वाचन आयोगले जनाएको छ ।
यसअघि मध्याह्नबाट सुरू गर्ने भनिएको मत गणना मतपेटिका लैजान ढिलाइ भएपछि ३ बजेका लागि सारिएको थियो । मतगणना दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषदमा हुने भएको छ ।
सुरुमा पदाधिकारीको मात्रै मतगणना गरिने छ । पदाधिकारीको मतगणना सकिएपछि मात्रै केन्द्रीय सदस्य र केन्द्रीय आयोगको मतगणना एकै साथ सुरु गरिनेछ । नयाँ नेतृत्व चयनका लागि हिजो बेलुकी साढे ५ बजेबाट सुरु भएको मतदान आज विहान ३ बजे मात्र सकिएको थियो ।
कूल दुई हजार १ सय ७६ प्रतिनिधि रहेको २१ सय ५४ जना प्रतिनिधिले मतदान गरेका थिए । मतदान प्रक्रियामा २२ प्रतिनिधि अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ । कुल १ सय ५९ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्षका प्रत्यासी माधव कुमार नेपाल र नेता केपी शर्मा ओली समूहले सबै पद प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै केन्द्रीय र वैकल्पिकमा गरी १४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन ।
यस्तै केन्द्रीय निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासान आयोगका पदाधिकारीको पनि निर्वाचन एकैसाथ गरिएको थियो ।
प्रकाशित मिति: 2014-07-12 08:05:22
प्रतिक्रिया: