नेकपा–माओवादीको केन्द्रीय समितिको बिस्तारित बैठक आज बस्ने
Admin / 2014-07-12 01:49:20
नेपाल ब्युरो–असार २८,काठमाडौँ ।
पछिल्लो समय आन्तरिक विवादमा फसेको नेकपा–माओवादीको केन्द्रीय समितिको बिस्तारित बैठक आज बस्ने भएको छ ।
गत असार १८ गतेदेखि जारी केन्द्रीय समितिको बैठककै निरन्तरतामा आजदेखि विस्तारित बैठक बस्न लागको माओवादीले जनाएको छ । केन्द्रीय समितिमा पूर्ण केन्द्रीय सदस्यमात्रै सहभागी रहेकोमा विस्तारित बैठकमा केन्द्रीय सल्लाहकार र वैकल्पिक केन्द्रीय सदस्यहरू समेत सहभागी हुनेछन् ।
माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष मोहन वैद्यले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव र त्यसमा असहमति जनाउँदै सचिव नेत्रविक्रम चन्दले फरक प्रस्ताव पेस गर्नुभएपछि पार्टीभित्र वैचारिक द्धन्द्ध बढेको छ । त्यसैबारे थप छलफलका लागि विस्तारित बैठक बोलाइएको सचिव दृवप्रसाद गुरुङले जानकारी दिनुभयो
।
बैठकमा अध्यक्ष वैद्यले ‘जनयुद्धको जगमा जनविद्रोह’को कार्यदिशासहितको प्रस्ताव प्रस्तुत गर्नुभएकामा त्यसमा असहमति जनाउँदै सचिव चन्दले ‘जनयुद्धको निरन्तरतामा जनविद्रोह’को कार्यदिशाको प्रस्ताव पेस गर्नुभएको छ ।
अध्यक्ष वैद्यले सङ्क्रमणकाल रहेसम्म विद्रोहको सम्भावना रहने बताउँदै पार्टीले विद्रोहको तयारीमा लाग्नुपर्ने, एमाओवादीसहितको मोर्चा बनाएर जनपक्षीय संविधान निर्माणका लागि दबाब दिनुपर्ने आफ्नो प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
प्रकाशित मिति: 2014-07-12 01:49:20
प्रतिक्रिया: