सञ्चारगृहमा न्यूनतम पारिश्रमिकको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने
Admin / 2014-07-11 08:13:23
नेपाल ब्युरो–असार २७, काठमाडौँ ।
सञ्चारगृहमा न्यूनतम पारिश्रमिकको अवस्था कमजोर भएको सरोकारवालाहरुले बताएका छन् ।
उनीहरुले त्यसका लागि अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज राजधानीमा गरेको कार्यक्रममा उनीहरुले श्रमजीवी पत्रकार ऐन परिमार्जन गर्नुपर्ने पनि बताएका छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले अझै ५० प्रतिशत सञ्चारगृहमा न्यूनतम पारिश्रमिक लागू नभएको र सञ्चार प्रतिष्ठानमा कार्यरत कर्मचारीमध्ये दुई तिहाईको काम गर्ने तह नखुलाइएको भन्दै त्यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष सुरेश आचार्य, गोविन्द आचार्य लगायतले पत्रकारहरुको पेशागत सुरक्षाको लागि सबै सञ्चारकर्मी एक हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा श्रमजीवी पत्रकार ऐन र कार्यन्वयनको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
प्रकाशित मिति: 2014-07-11 08:13:23
प्रतिक्रिया: