प्रधामन्त्री कोइराला अर्का साता स्वदेश फर्कनुहुने
Admin / 2014-07-11 08:02:26
नेपाल ब्युरो–असार २७, काठमाडौँ ।
अमेरिकामा स्वास्थ्य उपचारमा रहनुभएका प्रधामन्त्री सुशील कोइराला अर्का साता स्वदेश फर्कने हुनुभएको छ ।
राष्ट्रसंघका लागि न्युयोर्कस्थित स्थायी नियोगले प्रधामन्त्रीको उपचारमा संलग्न चिकित्सकसँग एक दुई दिनमै अन्तिम परामर्श गरेपछि फर्कने दिन तय हुनेछ ।
अमेरिकाको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा प्रधानमन्त्री कोइरालाको बुधवार अन्तिम रेडियोथेपारी सकिएको थियो । स्थायी नियोगका अनुसार कोइरालाले तीन महिनापछि पुनः स्वास्थ्य परीक्षण गर्नुपर्नेछ ।
अहिले प्रधानमन्त्री कोइरालाको स्वास्थ्य राम्रो भएको निजी चिकित्सक करवीरनाथ योगीले जानकारी दिनुभएको छ । नेपाली कांग्रेसले प्रेस विज्ञप्ती जारी गरी प्रधानमन्त्री कोइराला एक सातापछि स्वदेश फर्कने जनाएको छ ।
फोक्सोमा दाग देखिएपछि प्रधानमन्त्री कोइराला असार २ गते उपचारकालागि अमेरिका जानुभएको थियो ।
प्रकाशित मिति: 2014-07-11 08:02:26
प्रतिक्रिया: