विश्वकपमा अब दुईओटा खेल मात्रै बाँकी
Admin / 2014-07-11 05:08:35
नेपाल ब्युरो–असार २७, एजेन्सी ।
ब्राजिलमा जारी विश्वकप फुटबलमा अब दुईओटा खेल मात्रै बाँकी छन् ।
शनिबार राती आयोजक ब्राजिल र नेदरलयाण्ड्सले तेस्रो स्थानको लागि प्लेअफ खेल्दा आइतबार राती जर्मनी र अर्जेन्टिना उपाधिको लागि भिड्दैछन् ।
प्रतियोगिताको मुख्य दावेदार मानिएको ब्राजिलले आफ्नै भूमिमा तेस्रो स्थानको लागि प्लेअफ खेल्दैछ । सेमिफाइनलमा जर्मनीसँग ७–१ को शर्मनाक हार ब्यहोरेको ब्राजिल अबको खेलमा उक्त हार भुलाउने सुरमा छ । तर, नेदरल्याण्ड्स विरुद्ध शनिबार राती हुने उक्त खेल पनि ब्राजिलको लागि सहज छैन ।
जारी विश्वकपमा स्पेन, चिली, मेक्सिको जस्ता टिमहरुलाई सहजै पाखा लगाएको नेदरल्याण्ड्स आयोजक विरुद्धको खेलमा पनि हावी हुने धेरैको अनुमान छ । तर, सेमिफाइनलको लज्जास्पद हारको पीडामा मल्हम लगाउन भएपनि ब्राजिल यो खेल जित्ने प्रयासमा हुनेछ ।
प्रकाशित मिति: 2014-07-11 05:08:35
प्रतिक्रिया: