कार दुर्घटनामा एकको मृत्यु, दुई धाइते
Admin / 2014-07-10 05:16:39
नेपाल ब्युरो– असार २६, चितवन ।
चितवनमा भएको कार दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।
काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बा ९ च ७७८८ नम्बरको कार आज विहान नारायणगढ मुग्लिङ सडकखण्डको घुमाउनेमा दुर्घटना भएको हो ।
कार दुर्घटनामा काठमाडौँ धापासी बस्ने ४० वर्षिय चिजबहादुर गुरुङको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
धाइते हुनेमा तनहुँ सप्तगण्डकी नगरपालिका २ का ३० वर्षिय कार चालक देवन थापा र २९ वर्षिय सुनिल बसौला रहेका छन् ।
दुवैको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: 2014-07-10 05:16:39
प्रतिक्रिया: