विश्वकपको सेमिफाइनल अर्जेन्टिना र नेदरल्याण्ड्स्बीच हुँदै
Admin / 2014-07-09 03:59:52
नेपाल ब्युरो–असार २५, एजेन्सी ।
जारी विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा आज राति अर्जेन्टिना र नेदरल्याण्ड्स्बीच प्रतिस्पर्धा हुँदैछ ।
आजको प्रतिस्पर्धालाई अर्जेन्टाइन स्टार लियोनल मेसी र डच स्टार आर्जेन रोबेनबीचको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ । अर्का डच स्टार रोबिन भान पर्र्सी भने पेटको समस्याका कारण आज मैदान उत्रनेमा शंका गरिएको छ ।
अर्जेन्टिनाका मिडफिल्डर एन्जेल डि मारियाले तिघ्राको चोटका कारण आजको खेल गुमाउने भएका छन । सेर्गियो अग्वीरो भने चोटमुक्त भएर फर्किएका छन ।
अर्जेन्टिना र डच टोलीबीच ८ पटक भेट भएको छ । जसमा अर्जेन्टिनाको एक मात्रै जित सामेल छ ।
२४ वर्षपछि सेमिफाइनल प्रवेश गरेको अर्जेन्टिना नेदरल्याण्ड्सलाई पाखा लगाउँदै इतिहास दोर्होयाउने उद्धेश्यका साथ मैदान उत्रिनेछ । पछिल्लो चार विश्वकपमा तेस्रो पटक सेमिफाइनल पुगेको नेदरल्याण्ड्सको यो पटक उपाधि चुम्ने लक्ष्य रहेको छ ।
समूह चरणमा १० गोल गरेको नेदरल्याण्ड्सले नकआउट चरणमा २ गोल मात्र गरेको छ ।
अर्कोतर्फ अर्जेन्टिनाले अहिलेसम्मका सबै खेलमा १ गोल अन्तरको जीत मात्र निकालेको छ ।
आजको बिजेताले फाइनलमा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति: 2014-07-09 03:59:52
प्रतिक्रिया: