नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि जारी
Admin / 2014-07-09 03:20:30
नेपाल ब्युरो–असार २५,काठमाडौ ।
पाँच दिनदेखि जारी नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ ।
आजको बैठकमा अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दले पेश गरेका छुट्टाछुट्टै राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले आआफ्नो भनाई राख्ने क्रम जारी रहनेछ ।
बैठकमा अधिकांश नेताहरुले तत्काल नै एकीकृत माओवादीसँग पार्टी एकता गर्न नहुनेमा जोड दिँदै आएका छन । केन्द्रीय समिति बैठकमा अध्यक्ष वैद्यले पेश गरेको राजनीतिक दस्तावेजमा ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशाअनुसार नै अघि बढ्नुपर्ने र सशस्त्र संघर्षमा जाने परिस्थिति तयार भइनसकेको उल्लेख गर्नुभएको छ ।
तर त्यसप्रति फरक मत राख्दै सचिव चन्दले फरक ढंगबाट जनयुद्धमा जानुपर्ने प्रस्ताव सहितको २३ पृष्ठ लामो राजनीतिक दस्तावेज पेश गर्नुभएको छ ।
प्रकाशित मिति: 2014-07-09 03:20:30
प्रतिक्रिया: