एमालेको जारी महाधिवेशनमा आजबाट निर्वाचन प्रकृया शुरु हुँदै
Admin / 2014-07-09 02:55:51
नेपाल ब्युरो–असार २५, काठमाडौँ ।
नेकपा एमालेको जारी नवौँ महाधिवेसनमा आजदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।
आज विधान संसोधनको प्रस्ताव पारित भएपछि निर्वाचन प्रक्रिया अगाडी बढाइएनेछ । सचिव युवराज ज्ञवालीले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा १५ जनासम्म पदाधिकारी बनाउने प्रस्तावलाई अधिकांश टोलीबाट घटाउन सुझाव दिएपछि संसोधन प्रस्ताव पारित भएको छैन ।
अध्यक्षका प्रत्यासी केपी शर्मा ओली समुहले पनि विरोध जनाएको छ । समुहबाट आएका सुझावलाई आधार बनाएर अध्यक्षमण्डल र शीर्ष नेताबीच सहमति खोजेपछि बन्द्यसत्रमा पेस गरिनेछ । जारी बन्दसत्रमा सहमति सहितको ठोस प्रस्ताव लैजाने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । विधान प्रस्तावलाई दफावार रुपमा छलफलमा लैजाने तयारी गरिएको छ ।
यस्तै केन्द्रीय आयोगका प्रतिवेदनलाई पनि पारित गर्न बाँकी छ । ती प्रतिवेदन पारित गरेपछि आज अपराह्न निर्वाचनको प्रक्रिया अघि बढ्ने ज्ञवालीले बताउनुभयो । विधानले अन्तिम रूप नपाउँदा उम्मेदवारीको समूह बन्न सकेको छैन ।
असार १९ गतेदेखि भृकुटीमण्डपमा जारी महाधिवेशन आज सम्पन्न हुने भनिए पनि निर्वाचनका कारण लम्बिने भएको छ । महाधिवेशनको बन्दसत्रले हिजो अध्यक्ष झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
सहमतिको सम्भावना कम भएपछि नेकपा एमालेमा मतदानबाटै नयाँ नेतृत्व चयन गरिने भएको छ । अध्यक्षका प्रत्याशी वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओली समूहले आज नेतृत्वका लागि प्यानल घोषणा गर्ने तयारी गरेको छ । वरिष्ठ नेता नेपाल समूहले वर्तमान अध्यक्ष झलनाथ खनालले आफूलाई समर्थनमा संयुक्त समूहको घोषणाको तयारी गरेको छ ।
प्रकाशित मिति: 2014-07-09 02:55:51
प्रतिक्रिया: