प्रशिक्षणका लागि नेपाली फुटवल टोलि आज दक्षिण कोरिया जाँदै
Admin / 2014-07-07 03:14:27
नेपाल ब्युरो–असार २३,काठमाडौ ।
एएफसी अन्डर सिक्सटिन च्याम्पियनसिपको तयारीका लागि नेपाली टोलि आज दक्षिण कोरिया जाँदैछ ।
३५ दिनको बन्द प्रशिक्षण पश्चात नेपाली टोलि बैदेशिक प्रशिक्षणमा जान लागेका हुन् । दुई हप्ता दक्षिण कोरियामा प्रशिक्षण लिँदै नेपाली टोलि २१ तारिखमा नेपाल फर्कने नेपाल फुटवल संघ एन्फाले जनाएको छ ।
विमल घर्ति मगरको कप्तानीमा रहेको नेपाली टोलिका प्रशिक्षकमा बाल गोपाल महर्जन रहेका छन् ।
नेपाल फर्के लगत्तै नेपाली टोलि प्रशिक्षणका लागि नेपाली टोलि पुनः कतार र बेल्जियमका लागि प्रस्थान गर्नेछ । सेप्टेम्वर ६ देखि २० सम्म थाईल्याण्डको बैङककमा सुरु हुने प्रतियोगिताको समुह सिमा रहेको नेपाली टोलिले साविक विजेता उज्वेकिस्तान, उत्तर कोरिया र कुवेतसंग प्रतिष्पर्धा गर्नेछ ।
प्रकाशित मिति: 2014-07-07 03:14:27
प्रतिक्रिया: