एमालेको जारी महाधिवेशनमा आजदेखि नीतिगत छलफल सुरु
Admin / 2014-07-07 02:41:52
नेपाल ब्युरो–असार २३, काठमाडौँ ।
नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा आजदेखि नीतिगत विषयमा छलफल सुरु भएको छ ।
हिजो विभाजन गरिएका समुहमा बन्दसत्रमा पेश भएका प्रतिवेदनमाथि आजबाट छलफल सुरु भएको हो । हिजो चयन समुहले अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन, सचिव युवराज ज्ञवालीको विधान संशोधन प्रतिवेदन र केन्द्रीय निकायका अध्यक्षले पेस गरेका प्रतिवेदनमाथि छलफल गर्नेछ ।
छलफलका लागि विभाजन गरिएका समूहको टोली नेता चयनमा हिजो निवार्चन भएको थियो ।
नौ समूहमा सर्वसम्मति, आठमा निर्वाचन तथा दुई अञ्चलमा अझै विवाद कायम छ । केही टोलीमा विवादका कारण दुई जनालाई टोली नेता बनाइएको छ । दुई अञ्चलमा निर्वाचन या सहमति कसरी के गर्ने भन्नेमा विवाद भएपछि सगरमाथामा यज्ञराज सुनुवार र सुमन प्याकुरेल, भेरीमा विष्णु रिजाल र यामलाल कँडेलको नाम प्रस्तुत भएको छ ।
ती दुई अञ्चलमा निर्वाचन गरेर चयन गर्न अध्यक्षमण्डलले निर्देसन दिएको छ । महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्न गरिने भनिएको विद्युतीय मतदानका बारेमा विवाद कायमै छ ।
प्रकाशित मिति: 2014-07-07 02:41:52
प्रतिक्रिया: