साहरुख खानलाइ फ्रान्स सरकारबाट उच्च सम्मान
Admin / 2014-07-03 08:08:23
नेपाल ब्युरो– असार १९, एजेन्सी ।
बलिउडका चर्चित नायक साहरुख खानलाई फ्रान्स सरकारले फ्रान्सको सबैभन्दा ठुलो अवार्ड दिएको छ ।
खानलाई फ्रन्सका विदेशमन्त्री लाउरेन्ट फ्याविसले फ्रान्सको सबैभन्दा उच्च सम्मान प्रधान गरेका हुन् ।
ताल महल प्यालेस होटलमा आयोजना भएको कार्यक्रममा फ्रान्सको सबैभन्दा ठूलो अवार्ड ‘नाइट अफ द लेजियन अफ अनर’ अवार्डबाट बलिउडका नायक खानलाइ सम्मानित गरियो ।
साहरुखले आफूलाई यती ठूलो अवार्डबाट सम्मानित गरेकोमा फ्रान्सका प्रधानमन्त्री र विदेशमन्त्रीलाई धन्यवाद दिए ।
साहरुखलाई सांकृतिक विविधता विश्वभर छर्नमा महत्वपूर्ण योगदान गरेको भन्दै फ्रान्स सरकारले यती ठूलो अवार्ड प्रदान गरेको हो ।
साहरुखले आफ्नो आमाको जन्मदिनको दिन सो अवार्ड प्राप्त गरेका हुन् ।
आज आफ्नो आमा भएको भए छोराको यती ठूलो सफलतामा पक्कै खुशी हुनुहुन्थ्यो होला भन्दै बलिउड नयाँ उचाइमा पुगेको बताए ।
प्रकाशित मिति: 2014-07-03 08:08:23
प्रतिक्रिया: