विद्रोही कमजोर बनाउन अमेरिका र इरान एकै ठाउँमा
Admin / 2014-07-03 03:49:55
नेपाल ब्युरो– असार १९, एजेन्सी ।
इराकमा नूरी अल मलिकी सरकारविरुद्ध सुन्नी विद्रोहीको आक्रमणले उग्र रुप लिन थालेपछि यसअघि कटुतापूर्ण सम्बन्धमा रहेका अमेरिका र इरान पनि एक ठाउँमा उभिएका छन् ।
विश्व मञ्चमा चिसो सम्बन्ध रहेको अमेरिकी सरकारसँग मिलेर इराकमा हिंसा मच्चाईरहेको सुन्नी विद्रोह कमजोर तुल्याउन इरान सरकार तयार भएको हो ।
इराकमा हालैका दिनमा आईएसआईएस विद्रोहीले कब्जामा लिएको क्षेत्र सेनाको नियन्त्रणमा फर्काउन इरानले सैन्य विमान पठाएको खुलासा भएपछि यसको पुष्टी भएको विविसिले जनाएको छ । सन् १८८० देखि ८८ सम्म आठ वर्ष आफैले युद्ध लडेको इराकको राजनीतिक अस्थीरता अन्त्यका लागि इरानले सम्बन्ध सुदृढीकरणका लागि हात अघि बढाएको हो ।
इराकी अधिकारीहरुले सार्वजनिक गरेको भिडियोमा इरानी विमानले पनि विद्रोही नियन्त्रित क्षेत्रमा आक्रमण गरेको पुष्टी भएको छ । अमेरिकाले यसअघि नै सैन्य सहयोग पठाइसकेको छ भने रुसले पनि इराकमा सैन्य विमान पठाइसकेको छ।
आईएसआईएस विद्रोहीहरुले भने आफ्नो कब्जामा रहेका क्षेत्रमा इस्लामी राज्य घोषणा गर्दै विश्वभरका मुस्लिमलाई आफूहरुलाई सघाउन अपील गरेको छ ।
इराकी प्रधानमन्त्री मलिकीले भने यो घोषणाप्रति आपत्ति जनाउँदै कुर्द स्वायत्त क्षेत्र पूरै आफ्नो नियन्त्रणमा लिने कुर्द नेताहरुको कदमको पनि आलोचना गरेका छन् ।
प्रकाशित मिति: 2014-07-03 03:49:55
प्रतिक्रिया: