लोडसेडिङ फेरि घट्ने भयो
Admin / 2014-07-03 03:32:51
नेपाल ब्युरो–असार १९, काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणले आउँदो शनिबारदेखि लोडसेडिङ फेरि घटाउने भएको छ ।
अहिले हप्तामा साढे ५५ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब ४७ घण्टा मात्रै हुनेछ ।
प्राधिकरणले आउँदो शनिबारदेखि लागू हुने गरी निकालेको नयाँ तालिका अनुसार अब हप्तामा ४ दिन ७ घण्टा, दुई दिन साढे ६ घण्टा र एक दिन ६ घण्टा विजुली कटौती हुनेछ ।
नदीमा जलस्तर बढेर विद्युत गृहहरुले क्षमता अनुसार उत्पादन गर्न थालेपछि प्राधिकरणले लोडसेडिङ घटाएको हो ।
वर्षायाममा पनि माग अनुसार आपुर्ति हुन नसक्दा लोडसेडिङ भने कायम नै रहने प्राधिकरणको भनाई छ ।
प्रकाशित मिति: 2014-07-03 03:32:51
प्रतिक्रिया: