नेकपा–माओवादीभित्र वैचारीक विवाद चर्किदै
Admin / 2014-07-03 03:18:56
नेपाल ब्युरो–असारं,१९ काठमाडौँ ।
करिव २ वर्षअघि एकीकृत माओवादीबाट अलग बनेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीभित्र पनि वैचारीक विवाद बढेको छ ।
अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दले दुईवटा विचार सहितका प्रतिवेदन पार्टीमा छलफलका लागि प्रवेश गराएपछि वैचारीक विवाद बढेको हो ।
अध्यक्ष वैद्यको राजनीतिक प्रतिवेदनप्रति असहमति जनाउ“दै सचिव चन्दले पनि फरक राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।
ती फरक फरक राजनीतिक दस्तावेजमाथि आज पनि केन्द्रीय समिति बैठकमा छलफल जारी छ । बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी वैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष वैद्य र सचिव नेत्रविक्रम चन्दले पेश गरेको राजनीतिक दस्तावेजमाथि आआफ्नो धारणा राखिरहेको माओवादीले जनाएको छ ।
बैठकले पार्टीको राष्ट्रिय सम्मेलनको मिति र एजेण्डा पनि तय गर्ने बताइएको छ ।
यसअघि हिजो बसेको बैठकमा अध्यक्ष वैद्य र सचिव चन्दले फरक–फरक राजनीतिक दस्तावेज पेश गर्नुभएको थियो । अध्यक्ष वैद्यको दस्तावेजमा जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशाअनुसार नै अघि बढ्नुपर्ने र सशस्त्र संघर्Èमा जाने परिस्थिति तयार भइनसकेको विश्लेषण गरिएको छ ।
बैठकमा सचिव चन्दले फरक ढंगबाट जनयुद्धमा जानुपर्ने प्रस्तावसहितको २३ पृष्ठ लामो राजनीतिक दस्तावेज पेश गर्नुभएको छ । चन्दले दस्तावेजमा सरकार, सदन र सडकबाट संघर्ष चर्काउनु पर्नेमा जोड दिनुभएको छ ।
प्रकाशित मिति: 2014-07-03 03:18:56
प्रतिक्रिया: