निगमको मासिक घाटा ४ गुनाभन्दा बढी
Admin / 2014-07-02 08:38:40
नेपाल ब्युरो–असार १८, काठमाडौं ।
पेट्रोलियम पदार्थको भाउमा वृद्धि भएपछि नेपाल आयल निगमको मासिक घाटा ४ गुनाभन्दा बढीले बढ्ने आशा गरिएको छ ।
भारतीय आयल निगम आइओसीले जुलाई १ तारिखमा पठाएको मुल्यसूची अनुसार निगमलाई यस महिना ५३ करोड १० लाख रुपैयाँ घाटा हुने देखिएको छ ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियमको भाउ बढेपछि आईओसीले पनि भाउ बढाएर पठाएको निगम प्रवक्ता मुकुन्द घिमिरेले बताउँनुभयो ।
आईओसीले जुन १६ तारिखमा पठाएको मूल्यसूची अनुसार निगमलाई मासिक १२ करोड ८८ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको थियो ।
प्रवक्ता घिमिरेका अनुसार यसअघि निगमलाई पेट्रोलमा १० रुपैयाँ २२ पैसा नाफा रहेकोमा नयाँ मूल्य आएपछि ६ रुपैयाँ ३६ पैसामात्र नाफा हुने भएको छ । त्यस्तै, डिजेलमा ४२ पैसा नाफा रहेकोमा अहिले ३ रुपैयाँ २८ पैसा घाटा बेहोर्नुपर्ने भएको छ ।
सबैभन्दा बढी घाटा खाना पकाउने एलपीजी ग्यासमा बढेको छ ।
पछिल्लो मूल्यसूचीअनुसार निगमलाई ग्यासमा ५ सय ८९ रुपैयाँ ८८ पैसा घाटा हुने छ ।
यसअघि निगमलाई ग्यासमा ५ सय ५९ रुपैयाँ ७३ पैसामात्र घाटा रहेको थियो ।
नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा १२ करोड ७३ लाख रुपैयाँ नाफा हुने छ भने डिजेलमा २४ करोड ६० लाख रुपैयाँ नोक्सानी हुने भएको छ ।
प्रकाशित मिति: 2014-07-02 08:38:40
प्रतिक्रिया: