ब्यक्तिगत गोपनियताको अतिक्रमण हुने गरी सूचनाको अधिकार प्रयोग नगर्नुहोस : रिजाल
Admin / 2014-07-02 06:14:41
नेपाल ब्युरो– असार १८, काठमाडौँ ।
सूचना तथा सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले ब्यक्तिगत गोपनियताको अतिक्रमण हुने गरी सूचनाको अधिकार प्रयोग नगर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।
राजधानीमा आजबाट सुरु भएको सूचनाको अधिकार सम्वन्धी २ दिने प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री रिजालले सूचनाको हक सम्वन्धी ऐनको उद्धेश्य खुला, पारदर्शी र जिम्मेवार शासन व्यवस्थाको स्थापना गर्नु भएकोले यसप्रति सचेत रहन जोड दिनुभयो ।
कार्यक्रममा सूचनाको हकको प्रयोग, विद्यमान समस्या, चुनौती, पारदर्शीता र जवाफदेहिताको लागि सूचनाको हक लगायतका विषयमा सहभागीहरुलाई तालिम दिइने बताइएको छ ।
प्रकाशित मिति: 2014-07-02 06:14:41
प्रतिक्रिया: