संविधान जारी नभएसम्म सभासदहरुलाई गाउँमा नबोलाइदिनुस : नेम्वाङ
Admin / 2014-07-02 04:04:30
नेपाल ब्युरो– असार १८, काठमाडौँ ।
सविंधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले संविधान निर्माणको काम चलिरहेकाले समयमै संविधान बन्ने बताउनुभएको छ ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९० औं जन्म जयन्तीको अवसरमा जीपी फाउन्डेसनले आज राजधानीमा आयोजना गरको कार्यक्रममा बोल्नुहुँदै उहाँले संविधान जारी नभएसम्म सभासदहरुलाई गाउँमा नबोलाउन जनतासँग आग्रह पनि गर्नुभयो ।
सभाध्यक्ष नेम्वाङले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको राजनीतिक अडान र दूरदशिर्ताको प्रसंशा गर्दै तोकिएकै समयमा संविधान जारी गर्न सके कोइरालाको आत्माले शान्ति पाउने पनि बताउनुभयो ।
सोही कार्यक्रममा कांग्रेस नेतृ सुजाता कोइरालाले सबै दललाई मिलाएर लैजाने वातावरण सरकारले सृजना गर्नुपर्ने उल्लेख गर्नुभयो । संविधानसभा बाहिर र भित्र रहेका सबै दललाई एकसाथ सहमतिमा लिएर अघि बढेमात्रै संविधान समयमै जारी हुने नेतृ कोईरालाको भनाई थियो । कोइरालाले मुलुकलाई समृद्धितर्फ डोर्याउँनका लागि अब रिजनल नेटवर्क बनाउनुपर्ने प्रस्ताव समेत गर्नुभयो ।
प्रकाशित मिति: 2014-07-02 04:04:30
प्रतिक्रिया: