सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न राष्ट्रसंघको आग्रह
Admin / 2014-07-02 03:39:07
नेपाल ब्युरो–असार १८, काठमाडौँ ।
राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले सत्य निरुपण तथा बेपत्ता आयोग ऐनले पूर्ण रुपमा अन्तर्राष्ट्रिय कानूनहरुसंग मेल नखाने भएकाले यसलाई संशोधन गर्न नेपाल सरकारसंग आग्रह गरेको छ ।
आयोगले ऐनमा व्यवस्था भएको आममाफी अन्तर्राष्ट्रिय कानुन र प्रचलनको विरुद्ध भएको उल्लेख गरेको छ । ऐनमा उल्लेख भएका कतिपय शब्दावली र व्यवस्था स्पष्ट नभएको तथा अन्तर्राष्ट्रिय कानुनको विपरीत भएकोसमेत आयोगले उल्लेख गरेको छ ।
पीडितलाई पर्ण क्षतिपूर्ति भन्नाले पुनस्र्थापना, रकम क्षतिपूति र समाजमा पुनस्र्थापना भन्नेमात्र नबुझिने, बरु पूर्ण सन्तुष्टि र घटना फेरि नदोहोरियोस् भन्ने निश्चितता पनि बुझिने आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।
आयोगले सत्य निरुपण तथा बेपत्ता आयोग ऐनमा भएका अन्तर्राष्ट्रिय कानूनसंग बाझिने व्यवस्थालाई संशोधन गर्न सरकारलाई चाडै भेटेर आग्रह गर्नेसमेत आयोगश्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति: 2014-07-02 03:39:07
प्रतिक्रिया: