पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज जन्मजयन्ती मनाइदै
Admin / 2014-07-02 03:28:44
नेपाल ब्युरो–असार १८, काठमाडौ । ।
लोकतान्त्रिक आन्दोलनका अगुवा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आज ९० औ जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाइदैछ ।
कोइरालाको ९० औं जन्मजयन्तीका अवसरमा जिपि चिन्तन प्रतिष्ठानले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ भने नेपाली काग्रेसले देशका बिभिन्न स्थानमा बिभिन्न कार्यक्रमसहित कोइरालाको सम्झना गर्दैछ ।
२०६२ / ६३ सालको जनआन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको बिसं १९८१ असार १८ गते भारतको बिहारस्थित सहर्सा जिल्लामा जन्म भएको थियो । कोइरालका बुवा कृष्णप्रसाद कोइरालालाई तत्काकालिन राणा शासकहरुले निर्वासनमा पठाएका बेला उहाँको भारतमै जन्म भएको हो ।
नेपाली काग्रेसको नेतृत्व र प्रधानमन्त्रीका रुपमा सबैभन्दा धेरै पटक देशको नेतृत्व गर्नु भएका कोइरालाले पछिल्लो समय देशमा गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका सबैका लाग स्मरणीय छ । कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो ।
प्रकाशित मिति: 2014-07-02 03:28:44
प्रतिक्रिया: