तालिबान लखेट्न नयाँ चरणको कारबाही सुरु
एजेन्सीहरु / 2014-07-01 05:15:33
नेपाल ब्युरो–असार १७, एजेन्सी ।
पाकिस्तानी सेनाले उत्तरी बजीरिस्तानबाट तालिबान बिद्रोहीलाई लखेट्न नयाँ चरणको कारबाही सुरु गरेको जनाएको छ ।
पाकिस्तानी सेनाले पहिलो चरणमा स्थल कार्वाही सुरु गरेको अधिकारीहरुले बताएका छन् । सेनाका प्रवक्ता मेजर जनरल आसिम सलिम बाजवाले मिरानशाहमा सैनिक र विशेष सेवा समूहले गरेको कार्वाहीमा हिजो दिउँसो कम्तीमा १५ आतंकवादीको मृत्यु भएको छ ।
सेनाले त्यहाँका घर–घरमा खोजी र अनुसन्धान सुरु गरेको छ । आतंकवादीहरुको बसोबास रहेको आशंका गरिएका क्षेत्रमा घर खाली गर्न लगाईएको समेत सेनाले जनाएको छ । सेनाले बजिरिस्तानमा गत जुन १५ बाटै आतंकवादी विरुद्धको कार्वाही सुरु गरेको भए पनि अहिले यसलाई कडाईका साथ अघि बढाएको हो ।
उक्त कार्वाहीमा हालसम्म ३ सय ७६ जना आतंकवादीको मृत्यु भएको छ भने १९ जनाले आत्मसमर्पण गरेका छन् । कार्वाहीको शिलशिलामा सैन्य जवानको समेत मृत्यु भएको सैन्य प्रवक्ताले जानकारी दिएका छन् ।
प्रकाशित मिति: 2014-07-01 05:15:33
प्रतिक्रिया: