नेपाली क्रिकेटको स्तर बढाएका दासानाइकेलाई गुमाउन हुन्न : महत
Admin / 2014-07-01 04:56:36
नेपाल ब्युरो–असार १७, काठमाडौँ ।
नेपाल क्रिकेटका मुख्य पशिक्षक पुबुदु दसानायकेलाई फर्काउन सरकारले चासो देखाएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आथिर्क अभाव देखाउँदै करार थप नगर्ने निर्णय गरेपनि अर्थमन्त्री डा. रामशरण महतले नेपाली क्रिकेटको स्तर बढाउन महत्वपुर्ण भुमिका निर्वाह गरेका दशानायकेलाई गुमाउन नसक्ने भन्दै सरकारी चासो ब्यक्त गर्नुभएको हो ।
आज विहान सामाजिक सञ्जाल ट्वीटरमा अर्थमन्त्री महतले दशानायकेको कडा परिश्रमका कारण नेपाली क्रिकेटको स्तर धेरै माथि पुगेकाले उनलाई गुमाउन नहुने भन्दै उहा“लाई फर्काउन सरकारले सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
पछिल्लो पटक ३ महिनाका लागि थप भएको करार सोमबार सकिएपछि पशिक्षकलाई पारिश्रमिक दिने रकम नभएको भन्दै क्यानले दसानायकेको सम्झौता नवीकरण नगर्ने बताएको थियो । क्यानको यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।
यता नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले नेपाली क्रिकेटलाई विश्वकपसम्म पुरयाउन महत्वपूर्ण योगदान दिनुभएका प्रशिक्षक पुबुदु दासानायकेको पुनर्वहाली नभएसम्म कुनै किसिमको प्रतियोगीता नखेल्ने घोषणा गरेका छन् ।
कप्तान खड्काले फेसबुक मार्फत प्रशिक्षक पुबुदु दासानायकेको करार नथपिए आफूले राष्ट्रिय टोलीबाट क्रिकेट नखेल्ने बताएका हुन् । आईसीसीले नेपाललाई टी ट्वान्टी राष्ट्रको मान्यता दिएको २ दिनपछि नै राष्ट्रिय टोलीका कप्तानको यस्तो धारणा राखेका हुन् ।
‘परिवार, प्रसंशक र सबैलाई शुभप्रभात, हामीले नेपाली क्रिकेटलाई अघि बढाउन चाहन्छौं भने हामीलाई कुनै पनि मूल्यमा पुबुदु चाहिन्छ । यदि यसो भएन भने म नेपालको लागि खेल खेल्दिन“’, पारसले फेसबुकमा लेखेका छन्,’नेपाली क्रिकेटको आरोह अवरोहमा साथ दिने सबैलाई धन्यवाद ।’
नेपाली राष्ट्रिय टोलीका श्रीलकांली मुलका क्यानडेली प्रशिक्षक पुबुदु दासानायकेको सम्झौता सोमबार सकिएको छ । उनी यसअघि नै क्यानडा फकिईसकेका छन् ।
प्रकाशित मिति: 2014-07-01 04:56:36
प्रतिक्रिया: