फुटेर होईन जुटेर जाउंःवि फर अल
Admin / 2014-07-01 04:34:31
१ जुलाई-टोकियो,जापान।
नेपाल सन्देश डट कमका पत्रकार रबिन्द्र श्रेष्ठमाथि भएको भौतिक आक्रमणको घटनामा संस्थाको नाम मुछिएकोमा वि फर अलले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। संस्थाका अध्यक्ष सरोजकुमार खत्रीले आज एक बिज्ञप्ति प्रकाशित आपत्ति जनाएको हो।बिज्ञप्तिमा अध्यक्ष खत्रीले घटनाको सत्यतथ्य बुझेर मात्र लेख्न अग्राह गर्दै अगाडि भनिएको छ।‘ हामी समाज जहीले एक भएको हेर्न चाहन्छौ फुटेर होईन जुटेर जाउ , सबै जना सधै मिलेरै बसौं । हिजो पनि मिलेकै थियो आज पनि मिलौ र भबिस्यमा पनी मिलेरै बस्ने हामी सम्पुर्ण युवा हरुको चाहना हो ।“
संस्थाका अध्यक्ष खत्रीले जारी गरेको प्रेस बिज्ञप्तिको पुर्ण पाठ
प्रेस बिज्ञप्ती
2014/6/29 आईतबार को घटना र ततपस्चात नेपाल संदेशका पत्रकार रबिन्द्र श्रेष्ठ ज्यु र बिभीन्न संगठन र समुह बाट निकालीएको प्रेश बिज्ञप्तीले हाम्रो संगठन र साथीभाईहरुको नाम ऊल्लेख गरी कपोलकल्पीत आरोप लगाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएकोछ । रबिन्द्र श्रेष्ठ(गोर्खाली )ज्युको बारेमा नेपाल सन्देश डटकम लगायत विभिन्न मिडियाहरूबाट निकालिएको प्रेस बिज्ञप्तीमा गुण्डागर्दी र भौतिक कारवाही गर्नेहरू भनेर हाम्रो संस्था वी फर अलको संस्थाको नाम र अरु युवा साथीहरुको नाम पनि जोडिएर आएको छ । घटनाको वास्तविकता, घटना किन घट्यो कसरी घट्यो बुझ्दै नबुझी कपोकल्पीत तरीकाले हाम्रो संस्था र संस्थाको सदस्यको नाम र अरुसाथीहरुको नाम समेत लेखिएर आएकोमा उक्त घटनामा सत्य-तथ्य कुरा बुझेर व्यक्ति र संस्थाको ईज्जत र प्रतिष्ठामा आँच आउने कुरा नलेख्नु हुन सबैमा अनुरोध गर्दछौ । हिजो दिनभरिको मिडियाको खबर र फेसबुकको स्ट्याटस अनि कमेन्टहरूले यो घटनालाई अर्कै मोड दिएको र वास्तविकताभन्दा अर्कैतिर गएको हामीले महसुस गरेका छौ ।
हाम्रो संस्था वी फर अल लगायत हामी युवा साथीभाईहरू पनि यही समाजमा बस्छौ र सबैको राम्रो सम्बन्ध होस्, सबैजना भाईचारा र मेलमिलापले बसौँ भन्ने चाहन्छौ । पत्रकार ,समाजसेवी, ब्यापारी बिधाथी जो-जो, जे-जे भएपनि पहिला हामी नेपाली हौ भन्ने कुरा हामीले कहिल्यै भुल्ने छैनौ र भुलेको पनि छैनौ । घटना घटेको ठाउँमा म आफू पनि भएकोले बाद बीबाद हुदा समझदारीको कुरो हामी सम्पूर्णले गरेको भएर नै साँचो कुरा आओस् भन्ने हामी सबैको चाहना छ ।यही मौका छोपेर हाम्रो सँस्थाले र हामी युवाहरुले बिदेशमै रहेर पनि देशको लागि र यही जापानकै समाजमा गर्दै आएको र गर्ने योजनमा रहेको कार्यक्रमलाई समेत धक्का पार्ने हिसाबले योजना बद्द ढँगले हाम्रा सँस्था र सम्पर्ण युवाहरु लाई मेडीया र सार्बजानिक सँन्जालमा हुदै गरीएको बदनामीका कृयाकलाप तुरुन्तै बन्द गरीयोस । छलफल र सल्लाहबाट समाधान हुनसक्ने कुरालाइ हिजोबाट सुनियोजित तरीकाले सँस्था र सँम्पुणॅ युवा साथीहरुको ईज्जतमानै धक्का पानॅ थालीएको छ । नक्कली फेसबुक आइडीबाट यो घटनालाई आफ्नो स्वाथॅ र जापानको समाजमै हाससम्म कायम मेलमीलाप र भाईचारा खलबलाउदै धमीलो पानीमा माछामार्न पल्कीएका हरु पुःन मुखण्डो लगाएर आफ्नो बलबुता खर्च गर्ने ब्यक्ती लाई यस पटक पनि सबै बाट पहीचान भैसकको र मुखुण्डो बाद रोक्नलाई अनुरोध गर्दछु नत्र यसको परिणाम आफै भोग्न तयार रहनु ।मेडीया सँग सँम्बन्धी कुरा भएकोले नेपाल पत्रकार महासँघ जापानले पनी यसरी ,यस्तो कुरामा सामाजिक सँस्थाको नाम र ब्यक्ती हरुको नाम बदनाम गराउने कलमहरु रोक्नलाई यथासीघ्र कदम चालोस हाम्रो माग छ । हामी समाज जहीले एक भएको हेर्न चाहन्छौ फुटेर होईन जुटेर जाउ , सबै जना सधै मिलेरै बसौं । हिजो पनि मिलेकै थियो आज पनि मिलौ र भबिस्यमा पनी मिलेरै बस्ने हामी सम्पुर्ण युवा हरुको चाहना हो । हाम्रो समाज भाड्ने र कसैको बेइज्जती गर्ने अधिकार र छुट कसैलाई छैन । यदी अब उप्रान्त पनि हामी युवाहरु र हाम्रो सँस्थाको बेईज्जती गर्न नरोकेर बेईज्जत गर्ने पट्टी कुनै समुह सँगठन वा ब्यक्ति निरन्तर पुःन लाग्छ भने हामी युवाहरु र सँस्था त्यसको खुलेरै प्रतीकारमा लाग्ने छौ । चाडो भन्दा चाडो यो अहिलेको समस्याको समाधान होस र हाम्रो समाजमा भएको भाईचारा नखल्बलीयोस । धन्यबाद ।
सरोज कुमार खत्री
अध्यक्ष
प्रकाशित मिति: 2014-07-01 04:34:31
प्रतिक्रिया: