पाँच पार्टीको कार्यगत एकता समितिको तयारी
Admin / 2014-06-30 04:55:37
नेपाल ब्युरो–असार १६,काठमाडौ ।
एकीकृत नेकपा माओवादी लगायत पाँच पार्टीको कार्यगत एकता समितिले देशब्यापी अन्तरक्रिया तथा विचार गोष्ठीहरु सञ्चालन गर्ने तयारी गरेका छन् ।
आज बसेको समितिको बैठकले पाँच पार्टीको आयोजनामा देशब्यापी अन्तरक्रिया तथा विचार गोष्ठीहरु सञ्चालन गर्न आ–आफ्ना पार्टीहरुलाई निर्देशन दिने निर्णय गरेको हो । साथै बैठकले संविधानका अन्तरवस्तुको बारेमा गृहकार्य गर्न समिति अन्तरगतको कार्यदललाई जिम्मा दिने निर्णय गरेको जानकारी एकीकृत माओवादी नेता देव गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाँच पार्टीको कार्यगत एकता समितिमा चक्रिय प्रणाली अनुसार पहिलो एक महिनाको लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले अध्यक्षता गर्ने भएका छन् ।
बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यँ, नेकपा एकीकृत महासचिव परि थापा, नेकपा माओवादी संयोजक मात्रिका यादव लगाएतका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: 2014-06-30 04:55:37
प्रतिक्रिया: